फेरि आयल निगमले बढायो पेट्रोलियम पदार्थको मूल्य « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

फेरि आयल निगमले बढायो पेट्रोलियम पदार्थको मूल्य


१९ फाल्गुन २०७८, बिहिबार


काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ।

निगमले बिहीबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ५ रुपैयाँ मूल्य बढाएको हो।

नयाँ मूल्य अनुसार उपत्यकामा अब पेट्रोल प्रतिलिटर १५० रुपैयाँ पुगेको छ। यस्तै, डिजेल र मट्टितेल १३३ रुपैयाँ पुगेको छ। पेट्रोल तथा डिजेलको यो मूल्य अहिलेसम्मकै उच्च हो।

यस्तै, निगमले हवाई इन्धन आन्तरिकतर्फ पनि प्रतिलिटर १० रुपैयाँ मूल्य बढाएको छ। यता, अन्तर्राष्ट्रियतर्फ हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर १ सय डलर बढेको छ।

प्रतिक्रिया दिनुहोस