युक्रेनले मानव ढालको रुपमा नागरिकको प्रयोग गरिरहेको रुसकाे आरोप « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

युक्रेनले मानव ढालको रुपमा नागरिकको प्रयोग गरिरहेको रुसकाे आरोप


१९ फाल्गुन २०७८, बिहिबार


काठमाडौँ । रुसका विदेशमन्त्री सर्गेई लावरोफले युक्रेनले नागरिकलाई मानव ढालको रुपमा प्रयोग गर्ने कोसिस गरिरहेको आरोप लगाएका छन् ।

रुसको सरकारी च्यानललाई दिएको अन्तरवार्तामा उनले यस्तो आरोप लगाएका हुन् ।

उनले बारम्बार हलिउडको कुरा गर्दै त्यहाँका जनताले हलिउड फिल्म हेर्न नहुने पनि बताए । यसबारे उनले भने, ‘युक्रेनका जनताले हलिउड फिल्म मात्रै हेर्नुहुँदैन जुन पश्चिमी मिडियाले लेखेका हुन्छन् र जसमा एउटा दुश्मन हुन्छन् ।’

उनले नेटो, रुसको मूल्यमा पश्चिमको सुरक्षालाई बलियो बनाउने कोसिस गरिरहेको पनि आरोप लगाए ।

Tags :
प्रतिक्रिया दिनुहोस