घाइते चितुवाको उद्धार « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

घाइते चितुवाको उद्धार


१९ फाल्गुन २०७८, बिहिबार


मङ्गलबारे । इलाममा फेला परेको घाइते चितुवाको उद्धार गरिएको छ ।

जिल्लाको माइजोगमाई–६ प्याङमा फेला परेको घाइते चितुवाको उद्धार गरिएको हो । एक खोल्सीमा चितुवा देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले सव डिभिजन कार्यालय नयाँ बजारलाई जानकारी गराएपछि त्यहाँको आएको टोलीले गएराति ती चितुवालाई उद्धार गरी डिभिजन वन कार्यालय इलाममा ल्याइएको थियो ।

घाइते चितुवाको उपचार, पुनः स्थापनाका लागि कोसीटप्पु वन्यजन्तु आरक्षमा पठाइएको जिल्ला वन कार्यालय इलामका प्रमुख इन्द्रमणि भण्डारीले जानकारी दिए ।

उनका अनुसार चितुवाको शरीरमा घाउसमेत देखिएको बताइएको छ । मानिसले नै घाइते बनाएको वा अन्य वन्यजन्तुले घाइते बनाएको सम्बन्धमा अनुसन्धान भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस