विप्लव र रावलबीच भेटवार्ता « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

विप्लव र रावलबीच भेटवार्ता


१९ फाल्गुन २०७८, बिहिबार


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले नेकपा एमालेका नेता भीम रावलसँग भेट गरेका छन् ।

पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’सहित टोखा पुगेर उनले रावलसँग भेट गरेका हुन् ।

विप्लव नेतृत्वले एमसीसी ‘राष्ट्रघाती’ भएको निष्कर्षसहित विरोध गरिरहेको छ । संसदबाट एमसीसी अनुमोदन भएसँगै पार्टीका महासचिव विप्लवले एमसीसीको विपक्षमा रहेका नेताहरुसँगको भेटघाटलाई तीब्रता दिएका छन् ।

भेटघाटका क्रममा एमसीसी अनुमोदनपछि विकसित राजनीतिक परिस्थितिबारे छलफल भएको प्रकाण्डले बताएका छन् ।

एमाले नेता रावलले पनि ट्वीट गर्दै विप्लव र प्रकाण्डले ‘राष्ट्रिय स्वाधीनताका लागि सबै देशभक्त एक हुन र मोर्चा बनाउन’ जोड दिएको बताएका छन् । उनले भनेका छन्, ‘देशभक्तहरू एक हुने कुरा उचित भएको र हाल आफ्नो ठाउँबाट भूमिका खेल्नु उचित हुने मेरो विचार रह्यो ।’

Tags :
प्रतिक्रिया दिनुहोस