आ–आफ्नो दलमा बैठक गरी चुनावी तालमेलबारे सत्तारुढ गठबन्धनले निर्णय लिने « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

आ–आफ्नो दलमा बैठक गरी चुनावी तालमेलबारे सत्तारुढ गठबन्धनले निर्णय लिने


१९ फाल्गुन २०७८, बिहिबार


काठमाडौँ । सत्तारुढ गठबन्धनले चुनावी गठबन्धनका लागि आ–आफ्ना दलभित्र छलफल गरेर निर्णय लिने भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा निवास बालुवाटारमा बसेको चार दलीय गठबन्धनको बैठकमा चुनावी सहकार्यका विषयमा छलफल भएको थियो । आ–आफ्नो दल दलमा छलफल गरेर चुनावी तालमेलका लागि गठबन्धनको बैठक बस्ने सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए ।

‘जुन कारणले हामीले गठबन्धन बनाएको थियौँ। राजनीतिक स्थायित्वका लागि गठबन्धनको आवश्यकता छ ।’ प्रवक्ता कार्कीले भने,‘गठबन्धन अघि बढ्छ। चुनावी गठबन्धनका लागि आ–आफ्नो दलमा सजिलो र अप्ठ्यारा विषयमा छलफल गरेर एउटा निष्कर्षमा पुग्छौँ ।’

बैठकले संसद्मा महत्त्वपूर्ण विधेयकहरू अड्किएकाले एमालेलाई सदन अवरुद्ध नगर्न आग्रह गर्ने निर्णय पनि गरेको छ । नागरिकता विधेयक र हवाई उड्डयन विधेयक संसद्मा गम्भीर छलफल गर्नुपर्ने विधेयक रहेको कार्कीले बताए ।

‘संसद् प्रति नै नकारात्मक धारणा जनताप्रति बन्न सक्छ ।’ सरकारका प्रवक्ता कार्कीले भने,‘संसद् बैठक अवरुद्ध नगर्न प्रमुख प्रतिपक्ष दललाई आग्रह गर्ने निर्णय गरेको छ ।’

सत्ता गठबन्धनबाट जनमोर्चा बाहिरिएपछि चार दलको बैठक बसेको थियो । एमसीसीमा मात्रै जनमोर्चाको फरक मत रहेकाले अन्य निर्णय प्रक्रिया उक्त दल पनि सहभागी हुने प्रवक्ता कार्कीले दाबी गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस