संसद्को अवरोध अन्त्य गर्न एमालेलाई सत्तारुढ गठबन्धनको आग्रह  « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

संसद्को अवरोध अन्त्य गर्न एमालेलाई सत्तारुढ गठबन्धनको आग्रह 


१९ फाल्गुन २०७८, बिहिबार


काठमाडौँ । सत्तारुढ गठबन्धनले संसद्को अवरोध अन्त्य गर्न प्रमुख प्रतिपक्षी नेकपा एमालेलाई आग्रह गरेको छ ।

चार दलका शीर्ष नेताहरू रहेको समन्वय समितिको बैठकमा संसद् लामो समयदेखि अवरुद्ध हुँदा नागरिकता लगायतका विधेयक रोकिएको विषयमा छलफल भएको थियो ।

लामो समयसम्म अवरोध हुँदा संसदबारे जनतामा नकारात्मक धारणा बन्नसक्ने भन्दै सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले भने, ‘प्रमुख प्रतिपक्षी दललाई सदल सञ्चालन गरेर पर्याप्त छलफल गर्ने वातावरण बनाउन आग्रह गरेका छौं ।’

Tags :
प्रतिक्रिया दिनुहोस