राप्रपाले एमसीसीबारे धारणा सार्वजनिक गर्दै « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

राप्रपाले एमसीसीबारे धारणा सार्वजनिक गर्दै


१९ फाल्गुन २०७८, बिहिबार


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले आज एमसीसीबारे धारणा सार्वजनिक गर्ने भएको छ । एमसीसीको विरोधमा रहेको राप्रपाले केन्द्रीय समितिको बैठकमा छलफल गरेर धारणा सार्वजनिक गर्न लागेको हो ।

राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार बुधवारको बैठकमा प्रस्तुत प्रतिवेदनमाथि छलफल हुनेछ । त्यसपछि एमसीसीबारे पार्टीको आधिकारिक धारणा पनि सार्वजनिक हुने उनले बताए । बैठक बिहान ८ बजे धुम्बाराहीमा सुरु भइसकेको छ ।

बुधवार अध्यक्ष राजेन्द्र लिङ्देनले समसामयिक राजनीतिक परिस्थिति र भावी कार्यदिशा सम्बन्धी, उपाध्यक्ष हेमजंग गुरुङले सचिवालय सम्बन्धी, महामन्त्री भुवन पाठकले स्थानीय तहको निर्वाचन सम्बन्धी प्रतिवेदन पेस गरेका थिए । प्रस्तुत प्रतिवेदनमाथि बुधवार देखी नै छलफल सुरु भएको छ । राप्रपा बैठक आज सकिँदै छ ।

Tags :
प्रतिक्रिया दिनुहोस