आत्मनिर्भर अर्थतन्त्रको निर्माणमा गरेर समृद्धिको यात्रामा अगाडि बढौं :प्रचण्ड « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

आत्मनिर्भर अर्थतन्त्रको निर्माणमा गरेर समृद्धिको यात्रामा अगाडि बढौं :प्रचण्ड


१९ फाल्गुन २०७८, बिहिबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वाधीनताको रक्षा र सुदृढ गर्दै आत्मनिर्भर अर्थतन्त्रको निर्माणमा एकजुट हुन आव्हान गरेका छन्। ग्याल्बो ल्होसारको शुभकामना दिँदै उनले समृद्धिको यात्रातर्फ अगाडि बढ्नुपर्ने अहिलेको आवश्यकता भएको बताएका हुन्।

शुभकामना सन्देशमा भनिएको छ,‘बलिदानबाट प्राप्त यिनै उपलब्धिको रक्षा गर्दै देशमा राष्ट्रिय स्वाधीन अर्थतन्त्रको निर्माण गरी समृद्धिको यात्रातर्फ अगाडि बढ्नु पर्ने अहिलेको आवश्यकता हो। यसबाट मात्र संविधानले व्यवस्था गरेको समाजवादी लक्ष्य हासिल गर्न सकिन्छ। पराधिन र परनिर्भर अर्थतन्त्रले कुनै पनि देशको समृद्धि भएको विश्व इतिहास छैन।’

प्रचण्डले समुदायहरुको मौलिक पहिचान देशका अमूल्य सम्पत्ति भएको बताएका छन्। ‘देशका विभिन्न समुदायका आआफ्ना मौलिक सांस्कृतिक पहिचान छन्। समुदायहरुको मौलिक पहिचान देशका अमूल्य सम्पत्ति हुन्। हिमाली भेगमा बसोबास गर्ने शेर्पा समुदायको पनि यो आफ्नो बेग्लै मौलिक सांस्कृतिक पर्व हो।’ सन्देशमा भनिएको छ, ‘नेपाली जनताको बलिदानीपूर्ण संघर्षबाट नै नागरिकले आफ्ना जातीय, सांस्कृतिक, अधिकार र पहिचान प्रत्याभूत गर्न पाएका छन्।’

उनले पर्वले नेपालीहरुमा आपसी हित र मेलमिलापको भावना जागृत गराउँदै देशको समृद्धिमा अग्रसर बन्न प्रेरणा प्राप्त होस् भन्ने कामना गरेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस