रुसी सेनाले किभका जनतालाई सुरक्षित रूपमा बाहिर निस्कन दिने « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

रुसी सेनाले किभका जनतालाई सुरक्षित रूपमा बाहिर निस्कन दिने


१९ फाल्गुन २०७८, बिहिबार


काठमाडौँ । युक्रेनमा रुसले आक्रमण गरेको आज आठौँ दिन हो। युक्रेनले रुसले बालबालिकालाई आक्रमणको सिकार बनाएको आरोप लगाएको छ। यसैबीच, रुसी अधिकारीहरूले रुसी सेनाले किमा बस्ने मानिसहरूलाई सहर छोडेर सुरक्षित भासिल्किएभ जान अनुमति दिने बताएको दाबी गरेका छन्।

यो प्रस्ताव सेनाले कि भका जनतालाई दिने राज्य मिडियामा घोषणा गर्दै, मस्कोको रक्षा मन्त्रालयका प्रवक्ता मेजर जनरल इगोर कोनाशेन्कोभले भने। रोसिया २४ मा टेलिकास्ट गरिएको भिडियोमा इगोरले भनेका छन्, रुसी सेनाले मानिसहरूलाई सहरबाट बाहिर निक्लन कुनै कठिनाइको सामना गर्न पर्ने छैन।

रुसले किमा बस्ने मानिसहरूलाई सुरक्षित स्थानान्तरणको कुरा गरेको दोस्रो पटक हो। सोमबार, मेजर जनरलले घोषणा वासिल्किएभ जाने बाटो पूर्ण रूपमा सुरक्षित र जनताका लागि खुला भएको बताएका थिए। तर विगत सात दिनदेखि निरन्तर रुसी आक्रमणको बिचमा भासिल्किएभ आफैँ युद्धको चपेटामा छ।

Tags :
प्रतिक्रिया दिनुहोस