सुनसरीमा दुर्घटनामा एक वृद्धको मृत्यु « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सुनसरीमा दुर्घटनामा एक वृद्धको मृत्यु


१८ फाल्गुन २०७८, बुधबार


इनरुवा । सुनसरीको गढी गाउँपालिका–६ मझौस्थित रामजानकी मन्दिरको प्राङ्गणमा ट्याक्टरको ठक्करबाट गए राति एक वृद्धको मृत्यु भएको छ ।

ठक्करबाट स्थानीय ७० वर्षीय हरिलाल मगरदैता यादवको मृत्यु भएको हो ।

प्र१–०२–००३त १०३३ नंको ट्याक्टरले यादवलाई ठक्कर दिँदा गम्भीर घाइते भएका थिए । गम्भीर घाइते उनको उपचारको क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए । घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस