युक्रेनलाई कसैले भङ्ग गर्न सक्दैन : जेलेन्स्की « प्रशासन
Logo ३ जेष्ठ २०८१, बिहिबार
   

युक्रेनलाई कसैले भङ्ग गर्न सक्दैन : जेलेन्स्की


१८ फाल्गुन २०७८, बुधबार


काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युरोपेली संसद्को विशेष बैठकलाई भिडिओ लिङ्कमार्फत् सम्बोधन गर्दै युक्रेनलाई कसैले भङ्ग गर्न नसक्ने बताएका छन् ।

उनले युक्रेनले रुसको आक्रमणको सबै क्षेत्रबाट प्रतिरोध गरिरहेको बताए । उनले भने, ‘यूक्रेनी राष्ट्रियतालाई कमजोर पार्ने सोच नराख्नु रुसका लागि उचित हुनेछ ।’ उनले आफूले युद्ध नचाहेको तर यूक्रेनविरूद्ध हुने आक्रमणसँग डराएर नभाग्ने बताए ।

यसैबिच मङ्गलवार पनि रुसी आक्रमणका कारण युक्रेनभरि गैर सैनिकहरूको ज्यान गइरहेका विवरण प्राप्त भइरहेका बिबिसीले जनाएको छ । उसले आक्रमण र हताहतका सबै दाबीहरूलाई स्वतन्त्र रूपमा पुष्टि गर्न कठिनाइ भइरहेको समाचारमा जनाएको छ ।

मङ्गलवार युक्रेनको दोस्रो ठुलो सहर खार्किभमा प्रशासनिक भवनमा भएको हमलामा केहीको मृत्यु भएको हुनसक्ने र २० जना घाइते भएको उद्धारमा खटिएका अधिकारीहरूले बताएका छन् ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सो सहरमाथिको आक्रमणलाई युद्ध अपराधको संज्ञा दिनुभएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस