आज संसद् बैठक बस्दै « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

आज संसद् बैठक बस्दै


१८ फाल्गुन २०७८, बुधबार


काठमाडौँ । प्रतिनिधिसभा (संसद्) बैठक आज (बुधवार) बस्दैछ । दिउँसो १ बजेका लागि बैठक बोलाइएको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

एमसीसी अनुमोदन भएपछि आज (बुधवार) पहिलो पटक संसद् बैठक बस्न लागेको हो । गत आइतबारको संसद् बैठकबाट एमसीसी सम्झौता अनुमोदन भएको थियो । त्यसपछि बैठक स्थगित भएको थियो ।

संसद् सचिवालयका अनुसार आजको बैठकमा सूचना आयोगको वार्षिक प्रतिवेदन पेस गर्ने लगायतका सम्भावित कार्यसूची रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस