किन पुगे प्रचण्ड श्रेष्ठलाई भेट्न हात्तीवन « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

किन पुगे प्रचण्ड श्रेष्ठलाई भेट्न हात्तीवन


१७ फाल्गुन २०७८, मंगलबार


काठमाडौँ । एमसीसी अनुमोदनको क्रममा पार्टीमा विवाद बढेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नारायणकाजी श्रेष्ठको निवासमा पुगेका छन् ।

एमसीसी सम्झौतासँग संसद्‌बाट पारित गर्ने पार्टी निर्णयप्रति असहमति जनाउँदै आएका श्रेष्ठलाई भेट्न दाहाल मंगलबार (आज) दिउँसो श्रेष्ठ निवास ललितपुरको हात्तीवन पुगेका हुन् ।

अहिले अध्यक्ष प्रचण्ड र श्रेष्ठबीच भेटवार्ता जारी रहेको स्रोतले बतायो । दाहालले एमसीसी सम्बन्धमा प्रस्टिकरणका लागि सोमबार आयोजित पत्रकार सम्मेलनमा श्रेष्ठलाई लक्षित गर्दै पार्टी छाड्ने मन भए नरोक्ने मनसायको अभिव्यक्ति दिएका थिए ।

पार्टीमा दाहालले एकलौटी गर्न थालेको भन्दै श्रेष्ठ पक्षधरले विरोध जनाइरहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस