२५ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भ्रामक सूचना र दुष्प्रचारले निर्वाचन र लोकतन्त्रलाई हानी पुर्‍याउँछ : राजदूत बेरी

अ+ अ-

काठमाडौँ । नेपालका लागि अमेरिकी राजदूत र्‍याडी बेरीले स्वतन्त्र र निष्पक्ष निर्वाचन दिगो लोकतन्त्रको पहिचान भएको बताएका छन् ।

स्थानीय तहको आगामी निर्वाचनका लागि नेपाल मतदाता अधिकार मञ्चद्वारा यहाँ आज आयोजित तीन दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रम उद्घाटन गर्दै उनले चुनावका समयमा आउन सक्ने भ्रामक सूचना र मिथ्या दुष्प्रचारबाट जोगिन सबैलाई सचेत र सजग हुन सुझाव दिए ।

निर्वाचनसँग सम्बन्धित भ्रामक र मिथ्या सूचनाको पहिचान र रोकथाम गर्न समाजका सबै पक्ष सचेत र सजग हुन आवश्यक रहेको बताउँदै उनले यस्ता दुष्प्रचारले अनलाइनलगायत सामाजिक सञ्जाललाई विचलन ल्याउने मात्र नभई निर्वाचन र लोकतन्त्रलाई हानी पुर्‍याउने धारणा व्यक्त गरे ।

राजदूत बेरिले भने, ‘भ्रामक सूचना र दुष्प्रचारले नेपाललाई प्राप्त हुने वास्तविक प्रतिफलको क्षमतामासमेतमा असर पार्छ, कोभिड–१९ खोपबारे मिथ्या सूचनाका कारण अमेरिकालगायतका मुलुकले ठुलो क्षति व्यहोर्न पर्‍यो । धेरै मानिसको अकालमा ज्यान गयो ।’

भ्रामक र गलत सूचनाका सन्दर्भमा नेपालको अनलाइनको अवस्था चिन्ताजनक रहेको उल्लेख गर्दै राजदूत बेरिले भने, ‘गलत सूचनाले मतदाताको सुसूचित गर्ने राजनीतिक क्षमतालाईसमेत कमजोर तुल्याउँछ ।’

निर्वाचनका समयमा सूचनाको आधिकारिकताबारे विश्वासिलो पुस्ट्याइँ नभएसम्म अरूलाई शेयर नगर्न उनले सुझाव दिए । उनले अरू कयौँ देशले शताब्दीमा गर्न नसकेको राजनीतिक रूपान्तरण नेपालले छोटो समयमै हासिल गर्न सफल भएको उल्लेख गरे ।

आयोजक संस्थाका अध्यक्ष भक्त विश्वकर्माले उक्त प्रशिक्षक प्रशिक्षणमा मुलुकका सातै प्रदेशका १८ देखि ३० वर्ष उमेर समूहका समावेशी आधारमा छनोट गरिएका प्रशिक्षार्थीको सहभागिता रहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस