२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एमसीसी पास भएपछि पहिलो पटक पत्रकार सम्मेलन गर्दै प्रचण्ड

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पत्रकार सम्मेलन गर्ने भएका छन्। एमसिसी पास भएपछि पहिलो पटक उनले आफ्नै निवास खुमलटारमा पत्रिकाहरूलाई भेटघाटमा बोलाएका हुन्।

पछिल्लो समय एमसीसी पास गर्न प्रचण्डले देखाएको द्वैध चरित्रको आलोचना भएको थियो। प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवासँगै एमसिसी पास गर्ने प्रतिबद्धतासहित अमेरिकालाई पठाएको पत्र सार्वजनिक भएको थियो। तर नेकपा माओवादी केन्द्रले संसदीय दलको बैठकमार्फत् एमसीसीको विपक्षमा उभिने निर्णय गरेको थियो।

माओवादी केन्द्रले एमसीसीको विरोधमा सडक आन्दोलन समेत गरेको थियो। नेपाली काँग्रेसले माओवादी एमसीसीको पक्षमा नउभिए नेकपा एमालेसँग गठबन्धन गर्ने बताएपछि प्रचण्ड देउवासँगै एमसिसी पास गर्ने पक्षमा उभिएका थिए।

आइतबार एमसिसी पारित गर्न राखिएको प्रतिनिधि सभा बैठकअघि प्रचण्डले संसदीय दलबाट एमसिसी अनुमोदनको निर्णय गराएका थिए। प्रतिनिधि सभाको बैठकले व्याख्यात्मक टिप्पणीसहित एमसिसी पारित गरेको थियो। तर एमसीसीको विषयमा प्रचण्ड प्रतिनिधि सभा बैठकमा कुनै धारणा राखेका थिएनन्।

पछिल्लो पटक विकसित राजनीतिक घटनाक्रमबारे प्रचण्डले पत्रकार सम्मेलन गर्न लागेका हुन्। पत्रकार सम्मेलन दिउँसो ३ बजे हुँदैछ।

प्रतिक्रिया दिनुहोस