बनेपामा शङ्कास्पद वस्तु फेला, राजमार्ग अवरुद्ध, उपत्यकामा भने बन्द प्रभाव सामान्य  « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

बनेपामा शङ्कास्पद वस्तु फेला, राजमार्ग अवरुद्ध, उपत्यकामा भने बन्द प्रभाव सामान्य 


१६ फाल्गुन २०७८, सोमबार


काठमाडौँ । काभ्रेपलान्चोकको बनेपामा सोमबार शङ्कास्पद वस्तु फेला परेको छ । उक्त वस्तुका कारण अहिले अरनिको राजमार्ग अवरुद्ध छ ।

अरनिको राजमार्गअन्तर्गत बनेपा, पुल बजारमा शङ्कास्पद वस्तु फेला परेको हो । भक्तपुरबाट साँगा हुँदै बनेपातर्फ जाने–आउने सवारीसाधनलाई ड्राइभर सन गरेर सञ्चालन गरिएको ट्राफिक प्रहरीले जानकारी दिएको छ ।

सवारीसाधन भक्तपुरबाट नालाको बाटो हुँदै बनेपातर्फ जान–आउन सक्नेछन् ।

काठमाडौँ उपत्यकाको सवारी आवागमन भने सामान्य छ । बिहानको समयमा सडकमा सवारीसाधनको संख्या कम रहेका कारण सवारी आवागमन सामान्य रहेको जनाइएको छ ।

विभिन्न नाका प्रयोग गरी उपत्यका भित्रिने र बाहिरिने सवारीसाधन पनि सामान्य रूपमा सञ्चालन भइरहेको ट्राफिक प्रहरीले जानकारी दिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस