मरणोपरान्त अङ्गदानको घोषणा « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

मरणोपरान्त अङ्गदानको घोषणा


१५ फाल्गुन २०७८, आइतबार


काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडा र नेपाल सरकारका मुख्यसचिव शङ्करदास वैरागीले अङ्गदानको घोषणा गरेका छन् ।

स्वास्थ्य सेवा दिवस–२०७८ को अवसरमा आज यहाँ आयोजित समारोहमा उनीहरूले मरणोपरान्त आफ्ना अङ्गदान गर्ने घोषणा गरेका हुन् । सो अवसरमा मन्त्री खतिवडाले आगामी चैतभित्र सबै नेपालीलाई कोभिडविरुद्धको खोप पूरा गर्ने बताए ।

स्वास्थ्य क्षेत्रमा भएका कमीकमजोरीलाई सुधार गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै उनले कोभिडको समयमा क्रियाशील रहेका सबै स्वास्थ्यकर्मीको सराहना गरे ।

स्वास्थ्य राज्यमन्त्री भवानीप्रसाद खापुङ्को उपस्थितिमा भएको कार्यक्रममा मुख्यसचिव वैरागीले दिवसको सफलताको शुभकामना दिँदै गुणस्तरीय स्वास्थ्य सेवा सबै नागरिकमा पुर्‍याउन आवश्यक रहेको विचार व्यक्त गरे । स्वास्थ्य सचिव देवकुमारी गुरागाईँले कोभिड खोप अभियानमा उल्लेख्य प्रगति भएको बताइन् ।

त्यस अवसरमा एक लाख राशिको उत्कृष्ट स्वास्थ्यकर्मी पुरस्कार डा जीतेन्द्र कँडेललाई र ५० हजार राशिको स्वास्थ्य सेवा पुरस्कार धनकला थापा, ओमराज आचार्य, राम प्रवेश साह र योगेन्द्र कट्टेललाई प्रदान गरिएको थियो ।

सोही कार्यक्रममा स्वास्थ्यकर्मी सम्मान १० जनालाई प्रदान गरिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस