तपाई हामी भेडा बाख्रा होइनौँ, जनताका प्रतिनिधि हौँ : खनाल « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

तपाई हामी भेडा बाख्रा होइनौँ, जनताका प्रतिनिधि हौँ : खनाल


१५ फाल्गुन २०७८, आइतबार


काठमाडौँ । नेता झलनाथ खनालले एमसीसीबारे भएका सबै सम्झौता उपलब्ध गराउन माग गरेका छन् ।

एमसीसीबारे संसदमा सुरु भएको छलफलमा भाग लिँदै खनालले एमसीसीबारे १२र१३ वटासम्म सम्झौता भएको बताए ।

‘सम्पूर्ण दस्तावेजहरु यो सदनमा नल्याई कसरी छलफल हुनसक्छ । म २७५ जना सांसदहरुलाई आग्रह गर्न चाहन्छौँ, तपाई हामी भेडा बाख्रा होइनौँ, जनताका प्रतिनिधि हौँ । कुनै पनि सम्झौतबारे ए टु जेड हेर्न पाउनुपर्छ, अध्ययन गर्न पाउनुपर्छ । अनि मात्र यो सदनले के गर्ने भन्ने निर्णय गर्नुपर्छ,’ उनले भने ।

सम्पूर्ण सम्झौताका साथै एमसीएलाई गरेका सम्पूर्ण पत्रचार संसदमा ल्याउन समेत माग गरेका छन् । ‘मान्छेहरुले के हल्ला गरिरहेका छन् भने यो त झलनाथ खनालको पालामा सुरु भएको हो । म यो सदनलाई जानकारी गराउन चाहन्छु, मैले कुनै सहमति गरेको छैन । न कुनै सैद्धान्तिक सहमति गरेको छु, न कुनै व्यवहारिक सम्झौता गरेको छु, न कुनै चिठ्ठी पत्र लेखेको छु,’ उनले भने ।

अमेरिकाले दिने सहयोग नलिने भनेर कहिल्यै नभनेको उनले बताए । तर सम्मान र समानताका साथ दिइने सहयोग मात्र लिइने भन्दै खनालले भने, अहिले जस्तो खालको सम्झौता गरिएको छ, त्यास शर्तशर्तले बेरिएको छ । तीन शर्तहरु अमान्य छन् ।’

उनले भने, हामीलाई ५० करोड डलर अमान्य भएको होइन, १ खर्ब डलर दिएपनि लिन्छौं । थुप्रै प्रोजेक्टहरु छन् । तर शर्तहरु राखेर, नेपालको स्वाभिमानलाई तल पारेर कुनै सहयोग दिइन्छ भने हामीलाई एक पैसा पनि चाहिँदैन ।’

नेता खनालले अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौतामा प्रतिनिधिसभाले गरेको व्याख्यात्मक घोषणालाई अमेरिकाले स्वीकार गर्छ कि गर्दैन भनी प्रश्न गरे ।

यसअघि पनि एमसीसीसँग धेरै पटक सवालजवाफ भएको भन्दै नेता खनालले त्यसमा एमसीसीले जवाफ पठाए पनि त्यसको कुनै वैधानिक धरातल नभएको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस