७ अंकले घट्यो नेप्से « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

७ अंकले घट्यो नेप्से


१५ फाल्गुन २०७८, आइतबार


काठमाडौँ । साताको पहिलो दिन आइतबार झिनो अंकले घटेर सेयर बजार बन्द भएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक ७.७३ अंकले घटेर २ हजार ६ सय ५३.७० अंकमा झरेको हो ।

समग्र कारोबार मापन गर्ने नेप्से परिसूचकसँगै ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ०.७३ अंकले घटेको छ । कारोबार रकममा पनि आइतबार उल्लास देखिएन ।

दिनभर भएका ४९ हजार ६ सय ७० कारोबारबाट २२४ कम्पनीका ७० लाख ४० हजार ५६३ कित्ता सेयर किनबेच भएका छन् । जसबाट कारोबार रकम ३ अर्ब २७ करोड ३० लाख ६५ हजार ९१० रुपैयाँ भएको छ ।

बजार घटेपनि हाइड्रोपावर कम्पनीहरु र अन्य समूहमा रहेका केही कम्पनीहरुको सेयर मूल्य भने राम्रै बढेको छ । धेरै बढ्नेमा एभरेष्ट इन्स्योरेन्सको संस्थापक समूहको सेयर पहिलो नम्बर देखिएको छ । यस कम्पनीको सेयर मूल्य २० रुपैयाँ १० पैसाले बढेको छ ।

यसैगरी नेसनल हाइड्रोपावर कम्पनीको सेयर मूल्य १५ रुपैयाँ ८६ पैसाले बढेर ३ सय ६६ रुपैयाँ पुगेको छ । यसबाहेक चिलिमे, बरुण, आरएचपीएल, एचपीपीएल लगायतका कम्प्नीहरुको सेयर मूल्य भने राम्रै बढेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस