कानुन व्यवसायीहरुको राष्ट्रिय सम्मेलन आजदेखी « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

कानुन व्यवसायीहरुको राष्ट्रिय सम्मेलन आजदेखी


१५ फाल्गुन २०७८, आइतबार


काठमाडौँ । कानुन व्यवसायीहरूको राष्ट्रिय सम्मेलन आज (आइतबार) देखि काठमाडौंमा सुरु हुँदैछ ।

‘कानुनी शासन र संवैधानिक सर्वोच्चता, व्यावसायिक र मर्यादित बार हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ १५ औँ अखिल नेपाल कानुन व्यवसायी राष्ट्रिय सम्मेलन सुरु हुन लागेको हो ।

आज (आइतबार)दिउँसो प्रज्ञा भवन कमलादीमा सुरु हुने सम्मेलनको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम छ ।

मङ्गलवार सम्म चल्ने सम्मेलनले काठमाडौँ घोषणापत्र जारी गर्नेछ । यसअघि पोखरामा तय भएको राष्ट्रिय सम्मेलन प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरा विरुद्धको आन्दोलनका कारण स्थगित भएर काठमाडौंमा तय भएको थियो ।

प्रधानन्यायाधीश जबरामाथि महाभियोग नलागेको भए यो सम्मेलनलाई विरोध कार्यक्रमको रुपमा अघि सार्ने नेपाल बार एसोसिएसनको तयारी थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस