युक्रेनमा फसेका नेपालीको उद्धारका लागि उच्चस्तरीय संयन्त्र गठन « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

युक्रेनमा फसेका नेपालीको उद्धारका लागि उच्चस्तरीय संयन्त्र गठन


१५ फाल्गुन २०७८, आइतबार


काठमाडौँ । युक्रेन द्वन्द्वमा फसेका नेपालीको उद्धारका लागि उच्चस्तरीय संयन्त्र गठन गरिएको छ ।

रुस र युक्रेनको युद्धबाट प्रभावित नेपालीको उद्धार एवं सहयोगका जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्काको अध्यक्षतामा भएको भर्चुअल कार्यक्रमबाट ‘रुस–युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं उद्धार उच्चस्तरीय समिति’ गठन गरिएको हो ।

गैर आवासीय नेपाली सङ्घका युरोपस्थित राष्ट्रिय समितिसमेत रहेको सो समितिको संयोजकमा गैर आवासीय नेपाली सङ्घका उपाध्यक्ष डा. बद्री केसी (रुस) रहेका छन् ।

समितिको सदस्य सचिवमा डा। चिरञ्जीवी खड्का (चेक रिपब्लिक), सदस्यहरूमा जीवन केसी (पोल्याण्डं), हरिबहादुर मल्ल (युक्रेन), शिवकुमार भुर्तेल (रुस), जयाप्रसाद सिवाकोटी (स्लोभाकिया), नवराज पोखरेल (रोमानिया), सुरेन्द्र श्रेष्ठ (हङगेरी), यदुराम पन्थी (चेक रिपब्लिक), मिलन पन्त (जर्मनी) र प्रेस संयोजकमा चिरन शर्मा (युके) रहेका छन् ।

द्वन्द्वपीडितका लागि आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउनको लागि डा। बोधराज सुवेदीको संयोजकत्वमा एक उपसमिति समेत गठन गरिएको छ ।

जर्मनीका लागि नेपाली राजदूत खड्काले युक्रेन र रुसको द्वन्द्वबाट प्रभावित २२० जना नेपाली दूतावासको सम्पर्कमा आएको जानकारी दिए ।उनले ती नेपालीहरूको सहयोगको लागि दूतावासले नेपाली सरकार, स्थानीय संघसंस्थासँग समन्वय गरिरहेको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस