युक्रेनमा रक्तपातपूर्ण आक्रमण जारी, रुसविरुद्ध लड्न युक्रेनले आफ्ना नागरिकलाई हतियार बाँड्यो « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

युक्रेनमा रक्तपातपूर्ण आक्रमण जारी, रुसविरुद्ध लड्न युक्रेनले आफ्ना नागरिकलाई हतियार बाँड्यो


१५ फाल्गुन २०७८, आइतबार


काठमाडौँ । रुसले युक्रेनमा रक्तपातपूर्ण आक्रमणलाई जारी राखेको छ । रुसी सेनाको सामना गर्न युक्रेनले आफ्ना नागरिकहरूलाई हतियार बाँडेको छ । युक्रेनी सेना पनि रुसी सेनासँग निरन्तर लड्दै देश जोगाउन प्रयासरत छन् ।

रुसी सेनाको आक्रमणबाट हालसम्म युक्रेनमा २ सय जनाको मृत्यु भइसकेको र एक हजारभन्दा बढी घाइते भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

युक्रेन सरकारले रुसी सेनाको सामना गर्न सम्भव भएसम्मका सबै उपाय अपनाउन आह्वान गर्दै राजधानी किभवासीलाई हतियार उपलब्ध गराएको छ । युक्रेनमा सबै युवालाई सैनिक तालिम अनिवार्य छ ।

रुसी सेना युक्रेनमा आक्रमण गरेको दोस्रो दिनमै राजधानी किभ नजिकै पुगेका थिए । अहिले राजधानी किभ नजिकका क्षेत्रमा भिषण सङ्घर्ष जारी छ । राजधानी किभमा मेयरले कर्फ्यु जारी गरेका छन् ।

रुसी सेनाले युक्रेनका दोनेत्स्क, लुहान्स्क, मरिउपोल, खार्किभसहित राजधानी किभ नजिकका अधिकांश क्षेत्र कब्जामा लिइसकेको बिबिसीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस