नेपाल टी–२० लिगको सर्वाधिकार फेरि विवादास्पद भारतीय कम्पनीलाई दिने निर्णय « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

नेपाल टी–२० लिगको सर्वाधिकार फेरि विवादास्पद भारतीय कम्पनीलाई दिने निर्णय


१५ फाल्गुन २०७८, आइतबार


काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाल टी–२० लिग आयोजनाको अधिकार भारतीय कम्पनीलाई नै दिने भएको छ ।

कैलालीको धनगढीमा सम्पन्न क्यानको साधारण सभाले भारतीय कम्पनी सेभेन थ्री स्पोर्टसलाई नै नेपाल टी–२० लिग गर्न दिने निर्णय गरेको हो । जबकी २१ असोजमा बसेको बोर्ड बैठकले उक्त कम्पनीसँग भएको विवादास्पद सम्झौता रद्द गर्ने निर्णय गरेको थियो ।

चतुर बहादुर चन्द नेतृत्वको क्रिकेट सङ्घले २०७७ मंसीरमा नेपाल टी–२० लिग आयोजना गर्ने जिम्मा १० वर्षका लागि सेभेन थ्री स्पोर्टसलाई दिने प्रस्ताव गरेको थियो । त्यस बेला प्रस्तावित सम्झौताअनुसार सेभेन थ्री स्पोर्टसले चरणवद्ध रुपमा क्रिकेट संघलाई करिब ४२ करोड दिने भनिएको थियो ।

तर ठुला इभेन्टहरू नै नगरेको कम्पनीलाई नेपाल टी–२० लिगको सम्पूर्ण अधिकार दिन खोजेको भन्दै विरोध भयो । । साथै सरकारले पनि अनुमति दिएन भने सेभेन थ्री स्पोर्टसले पनि अनुमति पाउनु पूर्व गर्नुपर्ने कामहरू गरेन ।

असोज २०७८ मा बसेको बोर्ड बैठकले सरकारले अनुमति नदिएको र भारतीय कम्पनीले पनि गर्नुपर्ने कामहरू नगरेको भन्दै सम्झौता गर्ने निर्णय गरेको थियो ।

तर शनिवार सकिएको बोर्ड बैठकले फेरि त्यही कम्पनीलाई नेपाल टी–२० लिग गर्न दिने निर्णय गरेको छ । यो पटक सम्झौता अवधि १० बाट घटाएर ८ वर्ष कायम गरिएको छ भने रकम ४२ करोडबाट ३३ करोड रुपैयाँभन्दा बढी भनिएको छ ।

क्यानका एक सदस्य भन्छन्, परिमार्जन गर्ने विषयहरूमा नयाँ सहमति गर्ने भनिएको छ ।’ यद्यपि फेरि विवादास्पद कम्पनी सेभेन थ्री स्पोर्टसलाई नै नेपाल टी–२० लिग गर्न दिन खोजिएको भन्दै ५ जनाले नोट अफ डिसेन्ट राखेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस