मोटरसाइकल दुर्घटनामा घाइते वडाध्यक्षको मृत्यु « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

मोटरसाइकल दुर्घटनामा घाइते वडाध्यक्षको मृत्यु


१४ फाल्गुन २०७८, शनिबार


काठमाडौँ । मोटरसाइकल दुर्घटनामा घाइते भएका सुर्खेतको भेरीगंगा नगरपालिका–१ का वडा अध्यक्ष नवराज कार्कीको मृत्यु भएको छ।

शुक्रवार राति काठमाडौँस्थित न्युरो अस्पतालमा अध्यक्ष कार्कीको मृत्यु भएको हो।

फागुन ८ गते सुर्खेतको छिन्चु बजार नजिक फोर्स गाडीले उनी सवार मोटरसाइकललाई ठक्कर दिएको थियो। उक्त दुर्घटनामा ३० वर्षीय कार्की र चालक गम्भीर घाइते भएका थिए।

दुर्घटनामा घाइते वडा अध्यक्ष कार्कीलाई १२ गते हेलिकप्टरमार्फत काठमाडौँ उपचारका लागि ल्याइएको थियो। टाउकोमा चोट लागेका उनको सुर्खेतस्थित प्रदेश अस्पतालमा पनि अपरेसन गरिएको थियो।

मोटरसाइकल चालक २० वर्षीय भूपेन्द्र शाहीको अवस्था भने सुधारोन्मुख रहेको प्रहरीले जनाएको छ। उनको पनि ग्वार्कोस्थित बिएण्डबी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी रामप्रसाद घर्तीले बताए।

मृतक कार्की २०७४ को स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट अध्यक्षमा निर्वाचित भएका थिए। उनी सुर्खेतका सबैभन्दा कान्छा वडा अध्यक्ष हुन्।

Tags :
प्रतिक्रिया दिनुहोस