जसपा कार्यकारिणी समिति बैठक : १२ एजेन्डा तय « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

जसपा कार्यकारिणी समिति बैठक : १२ एजेन्डा तय


१३ फाल्गुन २०७८, शुक्रबार


काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)को कार्यकारिणी समिति बैठक सुरु भएको छ ।

आज (शुक्रबार)देखि सुरु भएको बैठकको १२ वटा एजेन्डा तय गरिएको छ । पहिलो एजेन्डा स्थानीय तह निर्वाचनका लागि दल दर्ता छ भने दोस्रो एजेन्डा अमेरिकी सहयोग परियोजना एमसीसी छ ।

जसपामा सङ्घीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव पक्षबीच चर्को विवाद छ ।

कार्यकारी अध्यक्षको अधिकार बाँडफाँटको माग गरेको भट्टराई पक्षले हस्ताक्षर समेत सङ्कलन गरेको छ, तर अध्यक्ष यादवले केन्द्रीय समितिको बैठक बोलाएका छैनन् ।

कार्यकारिणी समितिको बैठकमा विधान सम्मेलन, सङ्गठनात्मक कार्य लगायतका एजेन्डा पनि छ ।

Tags :
प्रतिक्रिया दिनुहोस