पछिल्लो २४ घण्टामा थप २७५ जनामा कोरोना सङ्क्रमण, १ जनाको मृत्यु « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

पछिल्लो २४ घण्टामा थप २७५ जनामा कोरोना सङ्क्रमण, १ जनाको मृत्यु


१३ फाल्गुन २०७८, शुक्रबार


काठमाडौँ । पछिल्लो २४ घण्टामा थप २७५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पाँच हजार ४५२ जनाको पीसीआर परीक्षण गर्दा १५८ जना र तीन हजार १७६ जनाको एन्टिजेन परीक्षण गर्दा ११७ जना गरी २७५ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

हाल देशभर ९ हजार २८० जना कोरोनाको सक्रिय सङ्क्रमित रहेका छन् । शुक्रबार मात्रै ५५५ जना कोरोनाबाट सङ्क्रमणमुक्त भएका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा १ जना कोरोना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस