२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एमसीसीमा मत विभाजनमा जाने अवस्था आए आज पनि संसद नचल्ने

अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)मा सैद्धान्तिक छलफलपछि स्वीकृतिका लागि संसद्मा निर्माणार्थ पेस नहुने सुनिश्चितता खोजेको छ।

प्रतिनिधि सभाको प्रक्रिया अनुसार अहिले टेबल भएको एमसीसीमा पहिला सैद्धान्तिक छलफल हुन्छ। जसमा एमसीसीका सिद्धान्त तथा सम्झौता ठिक बेठिक भएको विषयमा छलफल हुन्छ।

छलफलमा उठेका प्रश्नमा अर्थमन्त्री वा सरकारका कुनै मन्त्रीले जवाफ दिनेछन्। त्यसपछि सभामुखले सैद्धान्तिक स्वीकृतिका लागि निर्णयार्थ पेस गर्छन्। सभामुखले स्वीकृतिका लागि पेस गर्दा सामान्यतया ध्वनि मत गराउँछन्।

सामान्यतया संसद्मा सत्तापक्षको बहुमत हुन्छ। त्यसैले सैद्धान्तिक छलफलमा सामान्यतया कुनै पनि विषय अस्वीकृत हुँदैन। तर माओवादी केन्द्रले सैद्धान्तिक छलफलमै मत विभाजन माग्ने तयारी गरेको थाहा पाएपछि नेपाली कांग्रेस झस्किएको हो।

प्रतिनिधि सभामा कुनै पनि विषयमा ध्वनि मतमा लिइएको निर्णयमा दस प्रतिशत सांसद अर्थात् २८ जनाले मत विभाजन माग्न सक्छन्। माओवादीले मत विभाजन माग्ने र सभामुखले दिने अवस्था आउने देखिएपछि बिहीबार प्रतिनिधि सभाको बैठक स्थगित भएको कांग्रेस सचेतक पुष्पा भुसालले बताइन्।

,कार्यव्यवस्थामा हिजो सैद्धान्तिक छलफल गर्ने कुरा मात्र भयो, भुसालले भनिन्, प्रतिनिधि सभा नियमावलीले १० प्रतिशत सांसदलाई मत विभाजन माग्ने अधिकार दिएको छ। तर २०४६ सालयता सैद्धान्तिक छलफलमा अहिलेसम्म मत विभाजनको अभ्यास छैन। तर हिजो त्यो कुरा उठेकाले त्यसलाई क्लियर गर्नुपर्छ भन्ने भयो, ।

नेपाली कांग्रेसले सैद्धान्तिक छलफलमा मत विभाजनमा जाने अवस्था आए प्रतिनिधि सभाको आजको बैठक स्थगित गर्ने तयारी गरेको छ।

,हामीले मत विभाजनको विषयमा क्लियर हुन चाहेका छौ, भुसालले भनिन्, सैद्धान्तिक छलफलमा २०४६ पछि अहिलेसम्म मत विभाजन भएको छैन। संसद त अभ्यासबाट पनि चल्छ ।,

प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले प्रतिनिधि सभा नियमावली अनुसार सांसदहरूले मत विभाजन मागे दिनैपर्ने बताउँछन्।

,ध्वनि मतको निर्णयमा २८ जना सांसदले मत विभाजन मागेको अवस्थामा सभामुखले मत विभाजनमा जानै पर्छु, योगीले भने, पहिलादेखि यस्तो भएको थियो थिएन भन्ने अवस्था हुँदैन। ४६ सालदेखि यता सरकारमा बसेर विपक्षमा भोट हाल्ने अवस्थामा पनि सायद बनेको थिएन होला। संसद्मा सैद्धान्तिक रूपमा सरकारमा बसेकाले समर्थनमा भोट हाल्छन् भन्ने हुन्छ। तर सरकारमा बसेकाले विपक्षमा भोट हाल्छन् भनेपछि त कन्फ्युजन हुने नै भयो ।

प्रतिनिधि सभाको प्रक्रिया अनुसार सैद्धान्तिक रूपमा स्वीकृत भएको अवस्थामा कुनै पनि विषयमा दफावार छलफल हुन्छ। जसमा बुँदा बुँदामा छलफल गराइन्छ। सैद्धान्तिक रूपमा अस्वीकृत भएको अवस्थामा कुनै पनि प्रस्ताव अघि बढ्दैन।

अहिले कतै सैद्धान्तिक रूपमै एमसीसी अघि बढ्न रोकिने त होइन भन्ने संशय कांग्रेसमा छ।

प्रतिनिधि सभा बैठक चल्नका लागि कांग्रेसले एमसीसी सैद्धान्तिक स्वीकृतिका लागि निर्माणार्थ पेस नहोस् भन्ने चाहेको छ।

प्रतिक्रिया दिनुहोस