गठबन्धन तोडिनु नहुने लाइनमा माधव नेपाल, पूर्वनिर्धारित कार्यक्रम छाडेर काठमाडौँ फर्किए « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

गठबन्धन तोडिनु नहुने लाइनमा माधव नेपाल, पूर्वनिर्धारित कार्यक्रम छाडेर काठमाडौँ फर्किए


१३ फाल्गुन २०७८, शुक्रबार


काठमाडौँ । राजनीतिक सरगर्मी बढेसँगै पार्टीका विभिन्न कार्यक्रमका लागि कैलाली गएका नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल पूर्वनिर्धारित कार्यक्रम छाडेर काठमाडौँ आएका छन् ।

सरकारको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबिच सहमति हुने करिब निश्चित भएपछि माधव नेपाल पूर्वनिर्धारित कार्यक्रम छाडेर काठमाडौँ आएका हुन् ।

सत्तारुढ दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको टेलिफोन संवादपछि नेपाल काठमाडौँ आउन लागेको उनीनिकट स्रोतले जानकारी दिएको छ ।

नेपालसँगै नेकपा एसका नेता एवम् पर्यटनमन्त्री प्रेम आले र नेतृ गरिमा शाह पनि गएका थिए ।

उनीहरु हिजो धनगढीमा आयोजित युवा सङ्घ र महिला सङ्घको कार्यक्रममा सहभागी थिए । आज माधव नेपाल पार्टीको बुद्धिजीवी परिषद्को कार्यक्रममा प्रमुख अतिथि हुने कार्यक्रम तय थियो ।

काँग्रेसले गठबन्धनको औचित्य सकिएको निष्कर्ष निकालिरहँदा माधव नेपाल भने अझै गठबन्धन तोडिनु नहुने लाइनमा छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस