राप्रपामा ज्ञानेन्द्रलाई सुशासन विभागको जिम्मेवारी « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

राप्रपामा ज्ञानेन्द्रलाई सुशासन विभागको जिम्मेवारी


१२ फाल्गुन २०७८, बिहिबार


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले विभिन्‍न विभागको प्रमुख पदमा जिम्‍मेवारी तोकेका छन् । पार्टीको विधान बमोजिम अध्यक्ष लिङ्देनले ७ विभागको प्रमुख पदमा जिम्‍मेवारी तोकेका हुन् ।

उनले राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीलाई सुशासन विभाग प्रमुखको जिम्‍मेवारी दिएका छन् भने महामन्त्री राजेन्द्र गुरूङलाई संगठन समन्वय विभाग प्रमुखको जिम्मेवारी तोकेका छन् ।

यस्तै प्रचार विभाग प्रमुखमा प्रवक्ता मोहन श्रेष्ठ, सम्पर्क समाज समन्वय विभाग प्रमुखमा गोपाल दाहाल, प्रवास विभाग प्रमुखमा आनन्द अधिकारी, वाणिज्य क्षेत्र समन्वय विभाग प्रमुखमा लक्ष्मी संग्रौला र खेलकुद विभाग प्रमुखमा दमन बस्नेतलाई अध्‍यक्ष लिङ्देनले जिम्‍मेवारी दिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस