काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटघाट भएको छ ।
प्रधानमन्त्री देउवाले ओलीलाई भेटेलगत्तै संसद भवनस्थित एमाले संसदीय दलको कार्यकक्षमा ओली भेट्न प्रचण्ड पुगेका हुन् ।
एमसीसी, संसदको गतिरोध अन्त्यसहितका विषयमा शीर्ष नेताबीच भेटवार्ता भइरहेको छ ।