१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सहरी स्वास्थ्य केन्द्र विस्तार गर्दै जनकपुरधाम उपमहानगरपालिका

अ+ अ-

जनकपुर । नागरिकको स्वास्थ्य उपचारमा सहजता प्रदान गर्ने उद्देश्यले जनकपुरधाम उपमहानगरपालिकाले नगर क्षेत्रका विभिन्न ११ वटा वडामा सहरी स्वास्थ्य केन्द्र विस्तार गर्न लागेको छ ।

नगरवासीको स्वास्थ्य अवस्थामा सुधार ल्याउने र सबै नागरिकको स्वास्थ्यमा सहज पहुँच पुर्‍याउने नीति तथा योजनाअन्तर्गत उपमहानगरपालिकाले वडा नं ७, १२, १३, १४, १५, १८, १९, २०, २२, २३ र २४ मा सहरी स्वास्थ्य केन्द्र विस्तार गर्न लागेको जनाएको छ ।

विस्तार गर्न लागेको सहरी स्वास्थ्य केन्द्रका लागि भवन निर्माणको काम तीव्र रूपमा भइरहेको उपमहानगरपालिकाका इन्जिनियर राकेशकुमार यादवले जानकारी दिए ।

उनका अनुसार भ्याटसहित कूल चार करोड ४७ लाख २९ हजार ७२९ मा निर्माणाधीन ११ वटै वडाको स्वास्थ्य केन्द्र भवन निर्माणको काम करिब ६० प्रतिशत सकिएको र बाँकी काम भइरहेको छ ।

उपमहानगरपालिकाले सहरी स्वास्थ्य केन्द्र भवनको निर्माणका लागि बोलपत्रमार्फत २०७८ साल जेठ ५ गते राम जानकी निर्माण सेवा प्रालिसँग ठेक्का सम्झौता गरेको थियो ।

उपमहानगरपालिकासँग सम्झौता गरे लगत्तैबाट काम सुरु गरेको र कार्य सम्पन्न गर्ने अवधि आगामी २०७९ जेठ महिनाभित्रै भवन निर्माणको काम सम्पन्न गरिने राम जानकी निर्माण सेवा प्रालिले जनाएको छ ।

नगरको सबै वडामा स्वास्थ्य सेवा पुर्‍याउने नीति अनरुप नगरको २५ वटा वडामध्ये १४ वटामा यसअघि नै आफ्नो भवन र बाँकी ११ वटा वडामा भवन निर्माण गर्न लागेको जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रद्मम्नप्रसाद उपाध्यायले जानकारी दिए ।

आफ्नो भवन नहुँदा कतिपय वडामा विद्यालय र वडा कार्यालय भवनमा स्वास्थ्य चौकी सञ्चालन हुँदै आएको छ । नगरवासीलाई स्वास्थ्य सेवा दिन नगर क्षेत्रमा चार तहको स्वास्थ्य संस्था विस्तार गर्ने उपमहानगरपालिकाको रणनीति रहेको समेत प्रमुख प्रशासकीय अधिकृत उपाध्यायको कथन छ ।

आफ्नै भवन निर्माण भएपछि स्वास्थ्य केन्द्र सञ्चालन गर्न सहज हुने र नागरिकले पनि सहज रूपमा स्वास्थ्य सेवा पाउने जनकपुरधाम उपमहानगरपालिका–१८ स्थित सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रका प्रमुख डा रामकृष्ण साहले बताए ।

‘‘अहिले हाम्रो भवन छैन, कोठा भाडामा लिएर स्वास्थ्य केन्द्र चलाइरहेका छौँ’, उनले भने, ‘‘जसका कारण स्वास्थ्य केन्द्र सञ्चालन गर्न समस्या भइरहेको छ ।’ तर आफ्नै भवन बनिरहेकाले अब भने सहज हुने उनको भनाइ थियो ।

आफू निर्वाचित भएदेखि नगर क्षेत्रको स्वास्थ्य, शिक्षा, भौतिक पूर्वाधार, पर्यटक प्रवर्द्धनलगायतका कार्यलाई प्राथमिकतामा राखेर काम गरिरहेको नगरप्रमुख लालकिसोर साहले बताए ।

स्वास्थ्य उपचारको आभावमा कुनै पनि नागरिकले ज्यान गुमाउनु नपरोस् भन्ने सोचका साथ नगरको सहरी तथा ग्रामीण क्षेत्रमा स्वास्थ्य केन्द्र स्थापना र त्यसमा जनशक्तिसँगै औषधिको व्यवस्थापन गर्दै आएको नगरप्रमुख साहले जानकारी दिए ।

‘‘म निर्वाचित भएर आएको चार वर्षभित्र उपमहानगरपालिकामा धेरै परिवर्तन भएको छ’, उनले भने, ‘‘४०÷५० किलोमिटर सडक विस्तार, फोहर व्यवस्थापन, ट्राफिक व्यवस्थापन, मन्दिरसम्म जाने सहज र फराकिलो बाटो निर्माण, ग्रामीण क्षेत्रका वडामा खुला नालामुक्त अभियान चलाएर ८० प्रतिशत क्षेत्रमा अन्डरग्राउन्ड नाला बनाएर पिसिसी ढलान गरेका छौ ।’

जनकपुरधामको मूल प्रवेशद्वार जलेश्वर भिठ्ठामोड, जटही, कदम चोक, धनुषा पथ, कुर्था, कपलेश्वर मौआहा, सीता चौक, भ्रमपुरालगायत स्थानबाट प्रवेश गर्ने सडकमा निर्माण ठेकेदारसँगको समन्वयमा नौ इन्चको ठूलो चेचिस गाडी सहज प्रवेश गर्न र निस्किन सकिने १६ मिटर चौडाको सडक विस्तार गरेको नगरप्रमुख साहको भनाइ छ ।

यस्तै जनकपुरधाम उपमहानगरपालिकाको योजनामध्ये महत्त्वपूर्ण योजना मानिएको धनुष आकारको शहीद गेट निर्माण कार्यसमेत अन्तिम चरण पुगेको छ ।

मधेस प्रदेशको राजधानी जनकपुरधामको प्रवेशद्वार मुजेलियामा निर्माणाधीन सो मधेस शहीद गेटको करिब ९० प्रतिशत काम सम्पन्न भएको उपमहानगरपालिकाका वरिष्ठ इन्जिनियर वीरेन्द्रकुमार यादवले बताए ।

यसरी नगरपालिकाले एकपछि अर्को लोकप्रिय योजना बनाएर कार्यान्वयनमा लग्दै गएपछि पछिल्लो समय जनकपुरधामको बजार क्षेत्रकोस्वरुप समेत फेरिएको छ ।

प्रतिक्रिया दिनुहोस