सडकमा विरोध गर्ने युवाहरूको कुनै दोष छैन : महामन्त्री शर्मा « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

सडकमा विरोध गर्ने युवाहरूको कुनै दोष छैन : महामन्त्री शर्मा


१२ फाल्गुन २०७८, बिहिबार


काठमाडौँ । काँग्रेस महामन्त्री विश्वप्रकाश शर्माले सडकमा एमसीसीको विरोध गर्ने युवाहरूको कुनै दोष नभएको बताएका छन् ।

उनले अब क्षणिक लोकप्रियता कि दीर्घकालीन लोकहित रोज्ने भनेर टुंगोमा पुग्नुपर्ने बताएका हुन् ।

उनले भने, ‘सडकमा एमसीसीको विरोध गरिरहेको युवाको कुनै दोष छैन । दोषी त ती द्वैध चरित्र भएका नेताहरू हुन्, जो बालुवाटारमा एउटा कुरा गर्छन्, बानेश्वरमा अर्को ।’

महामन्त्री शर्माले आवेग र उग्रताभन्दा जिम्मेवार राष्ट्रवादले मुलुकको विकास र समृद्धि सम्भव रहेको बताए । उनले भने, ‘अब टुंगो गरौं, क्षणिक लोकप्रियता रोज्ने कि दीर्घकालीन लोकहित ? आवेग र उग्रताले राष्टहरू समृद्ध बनेका छन् कि जिम्मेवार राष्ट्रवाद नै ।’

Tags :
प्रतिक्रिया दिनुहोस