तीन दलको छलफल लगत्तै प्रचण्ड बालुवाटारमा « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

तीन दलको छलफल लगत्तै प्रचण्ड बालुवाटारमा


१२ फाल्गुन २०७८, बिहिबार


काठमाडौँ । अमेरिकी सहयोग परियोजना एमसीसीबारे सत्तारुढ तीन दलका शीर्ष नेताहरुबीच छलफल भएको छ ।

माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका शीर्ष नेताहरुबीच सिंहदरबारमा छलफल भएको हो ।

एमसीसीबारे आजदेखि संसदमा छलफल सुरु हुँदैछ । त्यसअघि बसेको तीन दलका शीर्ष नेताहहरुको बैठकमा मत विभाजनमा जाँदा के गर्ने भन्नेबारे छलफल भएको हो ।

छलफल लगत्तै माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका छन् ।

‘प्रधानमन्त्रीले नै छलफल गर्न बोलाउनुभएकाले जानुभएको हो’, माओवादी केन्द्रका एक नेताले भनेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस