२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

युक्रेनमा १५० नेपाली रहेको अनुमान, ३८ जना जर्मनीस्थित दूतावासको सम्पर्कमा

अ+ अ-

काठमाडौँ । पछिल्लो समय रुससँग तनाव बढिरहेको युक्रेनमा रहेका नेपाली सुरक्षित रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

परराष्ट्र मन्त्रालयका अनुसार युक्रेनमा करिब १५० जना नेपाली छन्। मन्त्रालय स्रोतका अनुसार ३५ जना व्यवसायीक रूपमा बस्दै आएको र बाँकी विद्यार्थी, पर्यटक गरी १५० जना छन्।

अहिलेसम्म युक्रेनमा रहेका ३८ नेपाली नागरिक सम्पर्कमा आएको र उनीहरू सुरक्षित रहेको परराष्ट्रले बताएको छ। युक्रेनमा रहेका नेपाली नागरिकले आवश्यक परे जर्मनीस्थित नेपाली राजदूतावास, बर्लिनमा सम्पर्क गर्न मन्त्रालयले भनेको छ।

परराष्ट्र मन्त्रालयले युक्रेनमा रहेका नेपालीलाई उपलब्ध हवाई उडानको प्रयोग गरी स्वदेश फर्कनसमेत एक विज्ञप्ति जारी गर्दै अनुरोध गरेको छ।

‘त्यहाँको वर्तमान अवस्था तथा विकसित हुँदै गरेका घटनाक्रमको मूल्याङ्कन गर्नुभई अति आवश्यक परी त्यहीँ रहनु परेमा बाहेक उपलब्ध व्यवसायिक हवाई उडानको उपयोग गरी स्वदेश फर्कन परराष्ट्र मन्त्रालय अनुरोध गर्दछ। साथै, अति आवश्यक अवस्थामा बाहेक हाललाई युक्रेन भ्रमण स्थगित गर्न समेत अनुरोध गरिन्छ,’ परराष्ट्रको विज्ञप्तिमा भनिएको छ।

यसैबिच रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले छिमेकी मुलुक युक्रेनमा सैन्य कारबाहीको घोषणा गरेका छन्।

समाचार संस्था रोयटर्सका अनुसार पुटिनले बिहीबार पूर्वी युक्रेनमा सैन्य कारबाहीको घोषणा गरेका हुन्।

पुटिनले सैन्य कारबाहीसँगै युक्रेनका सैनिकलाई आत्मसमर्पण गर्न माग गरेका छन्।

सैन्य कारबाही घोषणा भएसँगै युक्रेनका विभिन्न भागमा विस्फोटहरू भएको बिबिसीले उल्लेख गरेको छ।

संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनिओ गुतेरेसले पुटिनलाई आफ्ना सैनिकहरूलाई रोक्न र शान्तिका लागि प्रयास गर्न आग्रह गरेका छन्।

पुटिनको यो घोषणासँगै रुस र युक्रेनको तनाव नयाँ चरणमा पुगेको छ। पुटिनले रुसी र युक्रेनी सेनाबिचको लडाइँ अवश्यम्भावी भइसकेको र यो कहिले हुन्छ भन्ने बाँकी रहेको बताएका छन्।

परराष्ट्र मन्त्रालयले युक्रेनमा रहेका नेपालीलाई नेपाली राजदूतावास, बर्लिनकी तृतीय सचिव सहारा चौँलागाइँलाई +४९१७०९८०८०६३ वा Email: [email protected] मा सम्पर्क गर्न अनुरोध गरेको छ।

सहजताका लागि मस्कोस्थित नेपाली राजदूतावासका निम्न पदाधिकारीलाई समेत सम्पर्क गर्न सकिनेछः
श्री सुशील घिमिरे, कार्यवाहक राजदूत
सम्पर्क नं. +79680702815, Email: [email protected]

प्रतिक्रिया दिनुहोस