तेस्रो स्थानको लागि नेपालले आज ओमानसँग खेल्दै « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

तेस्रो स्थानको लागि नेपालले आज ओमानसँग खेल्दै


१२ फाल्गुन २०७८, बिहिबार


काठमाडौँ । आइसिसी टी–२० विश्वकप ग्लोबल क्वालिफायर ए को तेस्रो स्थानको लागि नेपालले आज ओमानसँग खेल्दैछ ।

अस्ट्रेलियामा यसै वर्ष हुने विश्वकपमा छनोट हुन असफल भएको नेपालले क्वालिफायरको तेस्रो स्थानका लागि खेल्न लागेको हो । ओमान पनि यसपटक विश्वकपमा छनोट हुन सकेन ।

दुवै टोली सेमिफाइनलमा पराजित हुँदै विश्वकपको होडबाट बाहिरिएका थिए । फेरि विश्वकप खेल्ने लक्ष्यका साथ ओमान पुगेको नेपाल यसपटक लक्ष्यमा सफल हुन सकेन ।

नेपाल र ओमानबिचको खेल अल अमेरातमा नेपाली समय अनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस