६ करोड ठगी गरेको अभियोगमा दुई जना पक्राउ « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

६ करोड ठगी गरेको अभियोगमा दुई जना पक्राउ


१२ फाल्गुन २०७८, बिहिबार


काठमाडौँ । ६ करोड २५ लाख रुपैयाँ रकम ठगी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौँ महानगरपालिका ३१ पुरानो बानेश्वरस्थित भरोसा नेपाल बहुउद्देश्यीय सहकारी संस्थाका १५ जना निक्षेपकर्ताको ६ करोड २५ लाख रुपैयाँ रकम ठगी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा उक्त सहकारी सञ्चालक समितिका अध्यक्ष काठमाडौँ महानगरपालिका ३० बस्ने ४२ वर्षीय सुरज बस्नेत र उपाध्यक्ष काठमाडौँ महानगरपालिका १६ पकनाजोल बस्ने ५७ वर्षीय शिव पाण्डे छन् ।

निक्षेपकर्ताहरुले उक्त संस्थामा बचत तथा आवधिक खाता खोली जम्मा गरेको रकम सहकारीका संचालकहरुले हिनामिना गरी आफूखुसी सहकारीको खातामा नराखी आफ्नै परिवारका सदस्य र आफन्तहरुका नाममा राखेर उक्त ठगी गरी सहकारीमा ताला लगाएर फरार रहेको भन्ने सूचनाको आधारमा प्रहरीले प्रक्राउ गरेको हो । सुरजलाई काठमाडौँ अनामनगर र शिवलाई पकनाजोलबाट पक्राउ गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस