काँग्रेसको १६ जिल्लाको अधिवेशन फेरि स्थगित « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

काँग्रेसको १६ जिल्लाको अधिवेशन फेरि स्थगित


१२ फाल्गुन २०७८, बिहिबार


काठमाडौँ । नेपाली काँग्रेसको १६ वटा जिल्लामा हुन बाँकी रहेको अधिवेशन फेरि स्थगित भएको छ।

काँग्रेसले बुधवार एक सूचना जारी गरी ती जिल्लाको अधिवेशन स्थगित गरेको हो। अब ती अधिवेशन फागुन २० गते हुने काँग्रेसले जनाएको छ।

मुलुकमा विकसित राजनीतिक घटनाक्रम, संसदमा निर्माणार्थ प्रस्तुत र विचाराधीन राष्ट्रिय महत्त्वको विषय भएकाले अधिवेशन स्थगित गर्नुपरेको काँग्रेसले जनाएको छ।

फागुन १५ गते ती जिल्लामा अधिवेशन गर्ने काँग्रेसको कार्यपालिका थियो।

Tags :
प्रतिक्रिया दिनुहोस