भारतमा थप १५ हजार नयाँ सङ्क्रमित « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

भारतमा थप १५ हजार नयाँ सङ्क्रमित


११ फाल्गुन २०७८, बुधबार


नयाँ दिल्ली । भारतमा कोरोना भाइरसबाट पछिल्लो एक दिनमा १५ हजार १०२ जना सङ्क्रमित भएका छन् ।

सोही अवधिमा कोरोनाकै कारणले २७८ जनाको मृत्यु भएको संघीय स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले जनाएका छन् ।

भारतमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या चार करोड २८ लाख ६७ हजार ३१ पुगेको मन्त्रालयको तथ्याङ्क छ ।मन्त्रालयका अनुसार भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या एक लाख ६४ हजार ५२२ रहेको छ ।

पछिल्लो एक दिनमा ३१ हजार ३७७ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । योसँगै कुल चार करोड २१ लाख ८९ हजार ८८७ जना सङ्क्रमणमुक्त भएका छन् ।

भारतमा कोरोना भाइरसका कारण अहिलेसम्म पाँच लाख १२ हजार ६२२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस