२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

देउवा र ओलीबिच भेटवार्ता, संसदमा एमालेले भाग लिने वातावरण मिलाउन ओलीको आग्रह

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख विपक्षी एमाले अध्यक्षसहितका नेतासँग बालुवाटारमा छलफल गरेका छन्।

प्रतिनिधिसभामा टेबल भएको एमसिसीको विषयमा कुराकानी गर्न प्रधानमन्त्री देउवाले विपक्षी दल नेकपा एमाले अध्यक्ष केपी ओलीलाई मंगलबार साँझ बालुवाटारमा बोलाएका थिए।

एमाले उपाध्यक्ष विष्णु पौडेलका अनुसार छलफलमा प्रधानमन्त्री देउवाले एमसिसी पास गर्न सहयोग मागेका थिए।

‘एमसिसी पारित गर्न सघाउनुस् तपाईंहरूले नै हो पेश गरेको, सरकार निरन्तर उत्तराधिकारी संस्था हो भनेर प्रधानमन्त्रीले भन्नुभयो,’ देउवालाई उद्धृत गर्दै एमाले उपाध्यक्ष पौडेलले भने।

जवाफमा एमाले अध्यक्ष ओलीले भनेको कुरा उद्धृत गर्दै पौडेलले भने, ‘हामीलाई संसदमा उपस्थित हुने वातावरण बनाउनुस्।’

प्रधानमन्त्री देउवासँगको छलफलमा ओलीले एमालेले कारबाही गरेका १४ सांसदको सूचना टाँस्नुपर्ने र त्यस्तो नगरे सभामुखले मार्ग प्रशस्त गर्नुपर्ने पुरानै अडान दोहोर्‍याएको पौडेलले बताए।

जवाफमा प्रधानमन्त्री देउवाले पहिला एमसिसी पारित गर्न र सांसदको सूचना टाँस गर्ने कुरा दोस्रो प्राथमिकता रहेको बताएको पौडेलले जानकारी दिए।

प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष ओली मंगलबार साँझ देउवालाई भेट्न बालुवाटार पुगेका थिए।

ओलीसँगै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडल र उपमहासचिव विष्णु रिमाल बालुवाटार पुगेका थिए।

सत्तारूण गठबन्धनमा रहेका नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) ले एमसिसी पास गर्न सहमति नदिने भएपछि प्रधानमन्त्री देउवाले प्रतिपक्षी एमालेसँग संवाद बढाएका छन्।

भेटबारे एमाले नेता विष्णु रिमालले भने प्रधानमन्त्री देउवासँग ओलीले भेटघाटको कर्मकाण्ड मात्रै पूरा गरेको बताएका छन्।

रिमालले भने, ‘ओलीले प्रधानमन्त्री देउवासँग भेट्न बालुवाटार आउँछु भन्नुभएको रहेछ, त्यही बाचा पूरा गर्न उहाँ जानुभएको हो। अरू खासै कुरा भएन, बरू केही चरण कफी खाइयो।’

प्रतिक्रिया दिनुहोस