काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच आज पुनः भेटवार्ता हुँदैछ ।
प्रधानमन्त्रीसँग छलफल गर्न अध्यक्ष ओली बालुवाटार जान लागेका छन् ।
एमसीसीलाई लिएर सत्ता गठबन्धनमा विभाजन आइरहेका बेला प्रधानमन्त्रीले लगातार एमाले अध्यक्ष ओलीसँग संवाद बढाएका छन् ।
ओलीले भने गठबन्धन तोडेपछिमात्र काँग्रेससँग अरु विषयमा सहकार्य हुन सक्ने बताएका छन् ।