विश्वकपमा छनोट हुन नेपालले पायो १७६ रनको लक्ष्य « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

विश्वकपमा छनोट हुन नेपालले पायो १७६ रनको लक्ष्य


१० फाल्गुन २०७८, मंगलबार


काठमाडौँ । नेपालले आईसीसी टी–२० विश्वकपमा छनोट हुन १७६ रनको लक्ष्य पाएको छ ।

ओमानमा जारी सेमिफाइनलमा टस जितेर पहिला ब्याटिङ रोजेको यूएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७५ रन जोडेको हो ।

यूएईका मुहम्मद वासिमले ७० र भित्र्या अरविन्दले ४६ रन बनाए । सुरुका २ ओभरमा एक विकेट गुमाएर ६ रन जोडेको यूएईका लागि वासिम र अरविन्दले शानदार ब्याटिङ गरेका हुन् ।

यो खेलमा जित हात पार्ने टोली अस्ट्रेलियामा आयोजना हुने विश्वकपका लागि छनोट हुने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस