१७ अङ्कले बढ्यो नेप्से , कुल ३ अर्ब २१ करोडको कारोबार « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

१७ अङ्कले बढ्यो नेप्से , कुल ३ अर्ब २१ करोडको कारोबार


१० फाल्गुन २०७८, मंगलबार


काठमाडौँ । आज (मंगलबार) सेयर बजारको परिसूचक नेप्से १७.४२ अङ्कले बढेको छ । सो अङ्कको वृद्धिपछि नेप्से २७३५ अङ्कमा कायम भएको छ । १ :२१ बजे परिसूचक २७५० अङ्कसम्म पुगे पनि सो वृद्धि टिक्न सकेन । कुल ३ अर्ब २१ करोडको कारोबार भएको छ ।

बैङ्किङ ८, व्यापार १३, होटल तथा पर्यटन ४, विकास बैङ्क ७०, जलविद्युत् २७, निर्जीवन बीमा १२८, अन्य ४६, लघुवित्त १५, जीवन बीमा ७ अङ्कले बढे । उत्पादन उपसमूह भने १८ अङ्कले घट्यो । कुल १३१ कम्पनीको मूल्य बढ्दा ५० को घट्यो भने १० कम्पनीको स्थिर रह्यो ।

मैलुङखोला जलविद्युत र युनाइटेड इदीमर्दीको मूल्य १० प्रतिशतले बढ्यो । सामलिङ पावरको मूल्य साढे ८ प्रतिशतले बढ्यो । कारोबारका आधारमा नेपाल टेलिकम, अरुणभ्याली, जीवन विकास लघुवित्त, हिमालयन डिस्टिलरी र आईसीएफसी फाइनान्स क्रमश: अगाडि रहे ।

Tags :
प्रतिक्रिया दिनुहोस