चिनियाँ नागरिकसहित ३७ जना पक्राउ « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

चिनियाँ नागरिकसहित ३७ जना पक्राउ


१० फाल्गुन २०७८, मंगलबार


काठमाडौं । मध्यबानेश्वर क्षेत्रबाट चिनियाँ नागरिकसहित ३७ जना पक्राउ परेका छन् । काठमाडौँ  प्रहरी परिसरको टोलीले सोमबार राति उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ परेका सबैलाई प्रहरी वृत्त नयाँ बानेश्वरमा राखिएको छ ।

अनलाइनबाट जुवा खेलाउने, धम्क्याउने गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन् । थप अनुसन्धान सुरु गरिएको काठमाडौँ प्रहरी परिसरका एसपी  दिनेशराज मैनालीले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस