मधेस प्रदेशसभा बैठक स्थगित « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

मधेस प्रदेशसभा बैठक स्थगित


१० फाल्गुन २०७८, मंगलबार


जनकपुरधाम । मधेस प्रदेशसभा बैठक स्थगित भएको छ ।

आज (मंगलबार) दिउँसो २ बजे बस्ने भनिएको बैठक फागुन २२ गतेसम्मका लागि स्थगित गरिएको हो ।

आजको बैठकमा प्रदेश प्रहरी ऐन कार्यान्वयनसम्बन्धी सङ्कल्प प्रस्तावमाथि छलफल हुने कार्यसूची थियो । तर, अन्तिम समयमा आएर बैठक स्थगित गरिएको सूचना प्रदेशसभा सचिवालयले निकालेको छ ।

स्रोतकाअनुसार मधेसमा नेपाली काँग्रेसको जिल्ला अधिवेशन १५ गते हुने भएकाले प्रदेशसभा बैठक स्थगित गर्न सभामुखलाई आग्रह गरिएको थियो । त्यसैले बैठक स्थगित गरिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस