२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भाषा हरेक राष्ट्र र समुदायको मौलिक पहिचान हो : उपराष्ट्रपति पुन

अ+ अ-

काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले भाषा हरेक राष्ट्र र समुदायको मौलिक पहिचान भएको बताएका छन् ।

अन्तर्राष्ट्रिय मातृभाषा दिवस २०२२ का उपलक्षमा नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा संस्कृतिक सङ्गठन (युनेस्को) काठमाडौँसँगको सहकार्यमा आज आयोजना गरिएको मातृभाषा राष्ट्रिय कविता महोत्सव २०७८ कार्यक्रममा बोल्दै उपराष्ट्रपति पुनले ऐतिहासिक कार्य लेखन भाषामार्फत नै हुने भएकाले भाषाको विकास नभए देशको विकास नहुने बताए ।

उनले भने, ‘भाषा, कला, संस्कृतिका क्षेत्रमा नेपाल विश्वमै धनी देश हो, यहाँ सयौँ भाषाभाषीहरू रहेका छन्, भाषाको विकास गर्न नसके देशको विकास हुन गाह्रो छ ।’ सोही कार्यक्रममा उपराष्ट्रपति पुनले नेपाल प्रज्ञा–प्रतिष्ठानले करिब ४० प्रतिशत भाषाहरू लोप हुन थालेको जानकारी गराएकाले हाम्रा भाषा, कला, संस्कृति तथा मौलिक परम्पराको सधैँ जगेर्ना गर्नुपर्ने धारणा राखे ।

अङ्ग्रेजी भाषालाई अहिले बढी प्रयोगमा ल्याइने गरेका कारण पनि नेपाली मौलिक तथा मातृभाषा लोप हुन थालेकोप्रति इङ्कित गर्दै उपराष्ट्रपति पुनले भने, ‘जुनसुक्कै भाषा सिक्नु राम्रो हो तर आफ्नो मौलिक भाषा, कला तथा संस्कृति बिर्सिनु राम्रो होइन ।’

यसैगरी उपराष्ट्रपति पुनले देशमा हाल उत्पन्न भइरहेका केही विवादका विषयमा सबैको राष्ट्रिय सहमति गराएर समस्या हल गर्नुपर्नेमा समेत जोड दिए ।

सोही कार्यक्रमका विशिष्ट अतिथि तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले भाषा बिना इतिहाससँग सम्बन्धित सामग्रीको समेत कल्पना गर्न नसकिने बताउँदै भाषाको जगेर्ना गर्न अति आवश्यक रहेको बताए ।

उनले भने ‘भाषा भनेको आफ्नो मौलिक पहिचान गराउने चीज हो, लोप भइरहेका भाषा संरक्षण गर्नु आजको आवश्यकता हो ।’ यसैगरी मन्त्री आलेले नेपाली भाषा, कला, संस्कृतिको संरक्षण तथा संवद्र्धनका लागि आफूसहित पर्यटन मन्त्रालय पूर्णरूपमा कटिबद्ध भएको बताए । यसैगरी मन्त्री आलेले साङ्केतिक भाषा प्रयोग गर्नेहरूका हकमा त्यही भाषा नै उनीहरूको मातृभाषा भएको विचार व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस