गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतलाई विप्लवका कार्यकर्ताद्धारा कालो मोसो दल्ने प्रयास « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतलाई विप्लवका कार्यकर्ताद्धारा कालो मोसो दल्ने प्रयास


९ फाल्गुन २०७८, सोमबार


प्युठान । मल्लरानी गाउँपालिका प्युठानका अध्यक्ष अमरध्वज राना र प्रमुख प्रशासकीय अधिकृत बालकृष्ण थापालाई विप्लवका कार्यकर्ताले कालो मोसो दल्ने प्रयास गरेका छन् ।

वडा नम्बर ५ सरङकोटमा रहेको भूमि विकास आधारभूत विद्यालयमा पठनपाठनसम्बन्धी सरोकारवाला निकायहरूबिच छलफल चलिरहेका बेला एक्कासि युवाहरूको समूह आएर कालो मोसो दल्ने प्रयास गरेको प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले बताए । उनले भने, ‘नराम्रो काम गर्नेलाई कारबाही हुन्छ । कालो मोसो दलेको हो की हैन भन्ने बारे हामी बुझ्दै छौँ ।’

उनका अनुसार स्थानीय गोपीलाल सुनार, होम बहादुर मल्लसहितको युवाको समूहले कालो मोसो दल्ने प्रयास गरेका हुन् । अहिले उक्त घटना स्थलमा प्रहरी पुगिसकेको प्रमुख जिल्ला अधिकारी भुसालले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस