‘एमसीसी नेपालको हितमा छ कि छैन सार्वभौम संसद्ले निर्णय गर्छ’ परराष्ट्र « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

‘एमसीसी नेपालको हितमा छ कि छैन सार्वभौम संसद्ले निर्णय गर्छ’ परराष्ट्र


८ फाल्गुन २०७८, आइतबार


काठमाडौँ । परराष्ट्र मन्त्रालयले विकास सहायता नेपाल र नेपालीको हितमा छ वा छैन भन्ने स्वतन्त्र निर्णय लिन सक्ने बताएको छ ।

अमेरिकी सहयोग परियोजना एमसीसीबारे सार्वजनिक रूपमा उठेका प्रश्नको जवाफ दिन भन्दै परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेपालको सार्वभौम संसद् आफैँले कुन विकास सहायता आवश्यक र नेपाल र नेपालीको हितमा छ भन्ने निर्णय गर्छ ।’

नेपालले आफ्नो राष्ट्रिय आवश्यकताका आधारमा विकास सहायताहरू स्वीकार र उपयोग गर्दै आइरहेको भन्दै मन्त्रालयले विकास सहायताले नेपालको भौतिक पूर्वाधार निर्माण र विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गरेको छ ।

सम्झौता अनुमोदनका विषयमा अमेरिका र चीनको स्वार्थमा नेपाल परेको टिप्पणी भइरहेका बेला परराष्ट्र मन्त्रालयले स्पष्टीकरण दिएको हो ।

मन्त्रालयले नेपालसँग निरन्तर सहयोग र साझेदारी गर्ने विकास साझेदारहरूलाई धन्यवाद पनि दिएको छ ।

पछिल्लो समय एमसीसी सम्झौता संसदबाट अनुमोदन गर्ने वा नगर्ने विषयमा चर्को विवाद छ ।

Tags :
प्रतिक्रिया दिनुहोस