चीनमा स्थानीय स्तरमै देखिएका कोभिड सङ्क्रमितको सङ्ख्यामा वृद्धि « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

चीनमा स्थानीय स्तरमै देखिएका कोभिड सङ्क्रमितको सङ्ख्यामा वृद्धि


८ फाल्गुन २०७८, आइतबार


बेइजिङ । चीनमा शनिबार स्थानीय स्तरका १०१ जना कोरोना भाइरसका सङ्क्रमित भेटिएका छन् । यहाँका अधिकारीहरुले सो कुराको जानकारी दिएका हुन् ।

प्राप्त समाचारअनुसार यहाँ बिहीबार र शुक्रबारका तुलनामा यहाँका सङ्क्रमितहरूको सङ्ख्यामा शनिबार वृद्धि भएको हो ।

चिनियाँ स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीमा यहाँ शनिबार १०१ जना सङ्क्रमित देखिएका छन् । ती सङ्क्रमित यहाँको स्थानीय स्तरमै देखिएका सङ्क्रमितहरू हुन् ।

प्राप्त समाचारमा ग्वाङदोन, जान्सु, युनानलगायतका सहरहरूमा ती सङ्क्रमित भेटिएका हुन् । यहाँको नेसनल हेल्थ कमिसनले सो कुराको जानकारी दिएको हो ।

अधिकारीका अनुसार अहिले चीनमा १ हजार ४०० भन्दा केही बढी सङ्क्रमित उपचाररत छन् । ती अधिकारीहरुका अनुसार तीमध्ये २५ जनाको अवस्था गम्भीर रहेको छ ।

त्यसै गरी चीनमा शनिबार मात्र विभिन्न देशबाट गरी थप ९४ जना कोरोना सङ्क्रमित भेटिएका छन् ।

चीनले पछिल्लो समयमा जनस्वास्थ्यका मापदण्डमा निकै कडाइ गर्नुका साथै अन्य सतर्कताका कारण धेरै नागरिकमा यो सङ्क्रमण सर्न पाएको छैन ।

चीन सरकारले नागरिकहरुलाई कोरोना विरुद्धको खोपलाई पहिलो प्राथमिकता दिएको जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस