जबरजस्ती एमसीसी टेबल गरिनु असंवैधानिक हो : झलनाथ खनाल « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

जबरजस्ती एमसीसी टेबल गरिनु असंवैधानिक हो : झलनाथ खनाल


८ फाल्गुन २०७८, आइतबार


काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले संविधान विपरीत जबरजस्ती रुपमा संसदमा एमसीसी टेबल गरिएको आरोप लगाएका छन् ।

संसद् भवन नयाँ बानेश्वरमा पत्रकारहरुसँग कुराकानी गर्दै नेता खनालले एमसीसी सम्झौता संसदमा ल्याइनुले मुलुक नै ‘ट्रयापमा परेको’ बताए ।

‘एमसीसी सम्झौता संसदमा जबरजस्ती ढङ्गले ल्याइएको छ । यसलाई संसदमा ल्याउनुले नेपाल फसेको छ । भोलिका दिनमा अझ समस्या थपिने निश्चित छ’, खनालले भने ।

आर्थिक करार सम्झौता संसदमा ल्याउने संवैधानिक प्रावधान नभएको खनालको दाबी थियो । उनले अमेरिकी दबाबका कारण मुलुकमा ध्रुवीकरण बढेको भन्दै नेकपा एकीकृत समाजवादी एमसीसीको पक्षमा उभिनै नसक्ने बताए ।

‘हाम्रो पार्टीको स्थायी कमिटी बैठकले यथास्थितिमा एमसीसी पारित हुन नदिने निर्णय गरेको छ’, खनालले भने ।

उनले गठबन्धन र सरकारमा सहभागिताको विषयमा पार्टीभित्र गम्भीर छलफल र समीक्षासमेत हुने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस