प्रमुख प्रतिपक्षको अवरोधबिच एमसीसी टेबल गर्नु आपत्तिजनक : रावल « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

प्रमुख प्रतिपक्षको अवरोधबिच एमसीसी टेबल गर्नु आपत्तिजनक : रावल


८ फाल्गुन २०७८, आइतबार


काठमाडौँ । नेकपा (एमाले) का नेता भीम रावलले अमेरिकी सहयता परियोजना (एमसीसी) टेबल गर्न खोजिएकोप्रति आपत्ति जनाएका छन् ।

रावलले प्रमुख प्रतिपक्षको अवरोधबिच एमसीसी टेबुल गर्नु आपत्तिजनक रहेको बताएका छन् ।

विपक्षी पार्टीले विरोध गरिरहेका बेला एमसीसी कसरी अगाडि बढ्छ ?’, रावलको भनाइ छ, ‘सरकारमा रहेका दलहरुबीच सहमति नभइरहेको अवस्थामा जनताको भावना विपरीत टेबुल गरिने कुरा आपत्तिजनक छ ।’

एमसीसीको विरोधमा भइरहेका आवाजलाई बेवास्ता गर्दै एमसीसी टेबल गरिनु गलत रहेको रावलको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस